Search
Close this search box.

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

हेटौँडा । जेन्जी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागार र बाल सुधारगृहबाट फरार भएका ५१२ जनामध्ये १२७ जना अझै सम्पर्कविहीन रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आन्दोलनका क्रममा भीमफेदी कारागारबाट ४४० जना कैदी फरार भएका थिए। तीमध्ये ३१८ जना पक्राउ परिसकेका छन् भने १२२ जना अझै फरार रहेका छन्।

कारागारबाट फरार भएकामध्ये ४०२ जना स्वदेशी र ३८ जना विदेशी नागरिक रहेका थिए। पक्राउ पर्नेमा ३०० जना स्वदेशी र १८ जना विदेशी छन् भने अझै फरार रहेकामा १०२ जना स्वदेशी र २० जना विदेशी नागरिक छन्।

त्यस्तै, बाल सुधारगृहबाट ७२ जना बाल बिज्याइँकर्ता फरार भएका थिए। तीमध्ये ६७ जना पक्राउ परिसकेका छन् भने ५ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बाल सुधारगृहबाट फरार हुनेमा ७० जना स्वदेशी र २ जना विदेशी थिए। पक्राउ पर्नेमा ६५ जना स्वदेशी र २ जना विदेशी छन् भने फरार रहेका पाँचै जना स्वदेशी रहेको प्रहरीले जनाएको छ।

यसरी हेर्दा भीमफेदी कारागार र बाल सुधारगृहबाट गरी कुल ५१२ जना फरार भएकोमा ३८५ जना पक्राउ परिसकेका र १२७ जना अझै फरार रहेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan