Search
Close this search box.

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

हेटौँडा । जेन्जी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागार र बाल सुधारगृहबाट फरार भएका ५१२ जनामध्ये १२७ जना अझै सम्पर्कविहीन रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आन्दोलनका क्रममा भीमफेदी कारागारबाट ४४० जना कैदी फरार भएका थिए। तीमध्ये ३१८ जना पक्राउ परिसकेका छन् भने १२२ जना अझै फरार रहेका छन्।

कारागारबाट फरार भएकामध्ये ४०२ जना स्वदेशी र ३८ जना विदेशी नागरिक रहेका थिए। पक्राउ पर्नेमा ३०० जना स्वदेशी र १८ जना विदेशी छन् भने अझै फरार रहेकामा १०२ जना स्वदेशी र २० जना विदेशी नागरिक छन्।

त्यस्तै, बाल सुधारगृहबाट ७२ जना बाल बिज्याइँकर्ता फरार भएका थिए। तीमध्ये ६७ जना पक्राउ परिसकेका छन् भने ५ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बाल सुधारगृहबाट फरार हुनेमा ७० जना स्वदेशी र २ जना विदेशी थिए। पक्राउ पर्नेमा ६५ जना स्वदेशी र २ जना विदेशी छन् भने फरार रहेका पाँचै जना स्वदेशी रहेको प्रहरीले जनाएको छ।

यसरी हेर्दा भीमफेदी कारागार र बाल सुधारगृहबाट गरी कुल ५१२ जना फरार भएकोमा ३८५ जना पक्राउ परिसकेका र १२७ जना अझै फरार रहेका छन्।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

निर्माण व्यवसायीका लागि हेटौँडामा दुई दिने तालिम सुरु

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

बाख्रा र मत्स्य विकास केन्द्र फेरि छुट्टाछुट्टै सञ्चालन हुने

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

हेटौंडाका टोल विकास संस्थाबाट बाढीपीडितका लागि १८ लाख ८६ हजार सहयोग

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

ठेकेदारलाई कालोसूचीमा राख्न सिफारिस गर्दा इन्जिनियरलाई अदालत परिसरमै ज्यान मार्ने धम्की

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

ज्ञानदीप शिक्षा निकेतनद्वारा बाढीपीडितका लागि सवा दुई लाख बढी सहयोग

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

मिसन पार्टी जागरण–२०८३; भ्रम चिर्दै एमालेलाई निर्णायक शक्ति बनाउने सिग्देलको दाबी

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan