Search
Close this search box.

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाका बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा झण्डै ४२ लाख रुपैयाँभन्दा रकम जम्मा गरेको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन गाउँपालिकाले ४१ लाख ८७ हजार २६३ रुपैयाँ राहत कोषमा पठाएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायका अनुसार जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्थानीय वन उपभोक्ता समितिसमेतको सहयोगमा सो रकम संकलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कोषमा जम्मा गरिएको हो ।

जसमा गाउँपालिका विपद् व्यवस्थापन कोषबाट१० लाख रुपैयाँ, शिक्षकहरूबाट १५ लाख ३२ हजार १२९ रुपैयाँ, कर्मचारीहरूबाट ९ लाख ४२ हजार ७०३ रुपैयाँ र जनप्रतिनिधिहरूबाट अध्यक्षको ३ महिनाकाे पारिश्रमिक र अन्यको १ महिनाको पारिश्रमिक गरी ६ लाख १३ हजार ३०५ रुपैयाँ जम्मा गरिएकाे थियाे । त्यस्तै मनकामना सामुदायिक वन उपभोक्ता समिति, मनहरीबाट ५१ हजार रुपैयाँ र विद्यालय सहजकर्ता तथा कर्मचारीहरू: ४८ हजार १२६ रुपैयाँ जम्मा गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय उपाध्यायले बताए ।

सरकारले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा राहतका लागि गरेको आह्वानअनुसार गाउँपालिकाले संस्थागत तथा व्यक्तिगत तवरबाट रकम जुटाएर कोषमा दाखिल गरिएकाे गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।

कालाखेतीका अनुसार गाउँपालिकामा भदाै १४ गते बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले पालिकाको कोषबाट १० लाख रुपैयाँ प्रधानमन्त्री विपद् सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको थियाे ।
​बाढीपीडितको सहयोगार्थ गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नो ३ महिना बराबरको सेवा सुविधा तथा अन्य जनप्रतिनिधिहरूले १ महिना बराबरको सेवा सुविधा बापतको रकम समेत सोही कोषमा जम्मा गर्ने घाेषणा साे बैठकमा भएकाे थियाे।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

निर्माण व्यवसायीका लागि हेटौँडामा दुई दिने तालिम सुरु

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

बाख्रा र मत्स्य विकास केन्द्र फेरि छुट्टाछुट्टै सञ्चालन हुने

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

हेटौंडाका टोल विकास संस्थाबाट बाढीपीडितका लागि १८ लाख ८६ हजार सहयोग

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

ठेकेदारलाई कालोसूचीमा राख्न सिफारिस गर्दा इन्जिनियरलाई अदालत परिसरमै ज्यान मार्ने धम्की

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र बाल सुधारगृहबाट १२७ जना अझै फरार

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

ज्ञानदीप शिक्षा निकेतनद्वारा बाढीपीडितका लागि सवा दुई लाख बढी सहयोग

मनहरी गाउँपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा ४१ लाख ८७ हजार

मिसन पार्टी जागरण–२०८३; भ्रम चिर्दै एमालेलाई निर्णायक शक्ति बनाउने सिग्देलको दाबी

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan