Search
Close this search box.

कमाने एकेडेमीका विद्यार्थीले जुटाए ४५ हजारको राहत सामग्री

हेटौँडा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि हेटौँडा–८ स्थित कमाने एकेडेमीका कक्षा–६ का विद्यार्थीहरूले करिब ४५ हजार रुपैयाँ बराबरको राहत सामग्री संकलन गरेका छन्।

विद्यार्थीहरूले आफ्नै पहलमा संकलन गरेको राहत सामग्री शुक्रबार हेटौँडा उपमहानगरपालिका–८ का वडा अध्यक्ष राम थापालाई वडा कार्यालयमा पुगेर हस्तान्तरण गरेका हुन्।

बाढीका कारण ठूलो जनधनको क्षति भई प्रभावित परिवार कठिन परिस्थितिमा रहेका बेला विद्यार्थीहरूले गरेको सहयोग प्रशंसनीय रहेको वडा अध्यक्ष थापाले बताए। उनले विद्यार्थीहरूको सहयोगप्रति आभार व्यक्त गर्दै संकलित राहत सामग्री शनिबार नै प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको जानकारी दिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan