हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीस्थित प्रहरी चौकी परिसरमै एक प्रहरी सहायक निरीक्षक सर्पको टोकाइबाट घाइते भएका छन्।
सोमबार साँझ करिब ७ः३० बजे प्रहरी चौकीको प्रतीक्षालयमा बसिरहेका बेला प्रहरी सहायक निरीक्षक सन्तबहादुर थापा मगरलाई सर्पले बायाँ हातको नाडीमा टोकेको हो।
चितवनको राप्ती नगरपालिका–९ स्थायी घर भएका ४९ वर्षीय थापा जिल्ला प्रहरी कार्यालय मकवानपुरको दरबन्दीमा रही भोर्लेनी प्रहरी चौकीमा कार्यरत छन्।
सर्पले टोकेपछि उनलाई इलाका प्रहरी कार्यालय फापरबारीको गाडीमार्फत उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अस्पताल पठाउने क्रममा उनको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?
