Search
Close this search box.

हेटौंडामा यात्रुबाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ

हेटौँडा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–३ लेवटमा यात्रुबाहक बसमा ढुंगा प्रहार गरी यात्रुलाई घाइते बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान करिब १ः३० बजे लेवटस्थित सडकखण्डमा गुडिरहेका यात्रुबाहक बसमा ढुंगा प्रहार भएको घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ पर्नेमा हेटौँडा–३ लेवटका २७ वर्षीय किरण विक, ३० वर्षीय अंकित राई, ३९ वर्षीय सुग्रिव मुक्तान, २९ वर्षीय विजय थिङ लामा र २९ वर्षीय उदाश तामाङ रहेका छन्।
ढुंगा प्रहारबाट बा.प्र.०३–००१ ख १६४२ नम्बरको बसको सिसा फुट्दा बसमा सवार रुपन्देहीको ओमसतिया–६ की २१ वर्षीया लक्ष्मी कुमारी चौधरी घाइते भएकी छन्। टाउकोमा चोट लागेकी उनको मकवानपुर सहकारी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनामा भैरहवाबाट काठमाडौं जाँदै गरेका बा.प्र.०३–००१ ख १६४२, बा.प्र.०३–००२ ख २५९२, लु.प्र.०२–००२ ख १२४० र लु.प्र.०३–००२ ख ०४४२ नम्बरका बस तथा बागलुङबाट वीरगञ्ज जाँदै गरेको म.प्र.०३–००२ ख ७८७७ नम्बरको बसमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्नमध्ये एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि अपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही भइरहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan