हेटौँडा । बलात्कार आरोपमा पक्राउ परेका हेटौँडा–१ राप्तीरोडस्थित हिमालयन डेन्टलका सञ्चालक सौरभ चौधरी २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चौधरी भदौ २४ गते धरौटीमा रिहा भएका हुन्।
चौधरीमाथि आफ्नै डेन्टलमा कार्यरत १९ वर्षीया युवतीलाई करिब एक वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लागेको थियो। युवतीले साउन ३० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि प्रहरीले सोही दिन चौधरीलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार साउन २१ गते राति करिब ९ बजे चौधरीले युवतीमाथि अन्तिमपटक जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि परिवारको सहयोगमा उनले साउन ३० गते प्रहरीमा उजुरी दिएकी थिइन्।
केही प्रतिक्रिया छ कि ?
