Search
Close this search box.

हुप्र चौरलाई प्रदेशकै उत्कृष्ट खुला चौर बनाउँछौँ : वडा अध्यक्ष सिग्देल


हेटौँडा । हेटौँडा–४ स्थित लोकतान्त्रिक चौर (हुप्र चौर)लाई प्रदेशकै उत्कृष्ट खुला चौर बनाउने लक्ष्यका साथ विभिन्न काम भइरहेको वडा अध्यक्ष नवीन सिग्देलले बताए।
प्रदेश राजधानी हेटौँडाको मुख्य सहरमा रहेको हुप्र चौर सहरको सानका रूपमा रहेको बताउँदै उनले चौरको संरक्षण र व्यवस्थापन गर्दै सफा, सुन्दर र सुरक्षित बनाउने काम भइरहेको बताए।
उनका अनुसार चौरमा नियमित सरसफाइ, मर्मत तथा रंगरोगन, ज्येष्ठ नागरिक कक्ष निर्माण, हिँड्ने ट्र्याक निर्माण, निःशुल्क शौचालय निर्माण तथा सञ्चालन, खुला जिम व्यवस्थापन र हाइमास्ट बत्ती जडानलगायतका काम सम्पन्न भएका छन्।
चौरमा गुणस्तरीय खानेपानीको व्यवस्था गर्ने, खुला जिमका सामग्री मर्मत तथा थप गर्ने, विभिन्न स्थानमा सुविधाजनक बस्ने ठाउँ निर्माण गर्ने, हरियाली प्रवर्द्धन गर्ने तथा चौरलाई थप आकर्षक बनाउने काम भइरहेको उनले बताए।
दैनिक हजारौँ मानिसको आवतजावत हुने हुप्र चौरलाई सधैँ सफा, व्यवस्थित र सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको वडा अध्यक्ष सिग्देलले बताए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan