Search
Close this search box.

कांग्रेस मकवानपुरमा अधिवेशनलाई लिएर विवाद नरहेको सभापति लामाको दाबी

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जिल्लामा वडा अधिवेशन सञ्चालनका क्रममा कुनै विवाद नरहेको बताएका छन्। उनले वडा तहदेखि नै नेता–कार्यकर्ता अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेको बताए।

सभापति लामाका अनुसार कांग्रेसको १५औँ महाधिवेशनलाई जिल्लामा एकताको महाधिवेशनका रूपमा अघि बढाउने प्रयास भइरहेको छ। वडा अधिवेशनबाट सुरु हुने निर्वाचन प्रक्रिया सबै तहमा व्यवस्थित र सहमतिका आधारमा सम्पन्न गर्न पार्टीका स्थानीय संरचना सक्रिय रहेको उनले बताए।

उनले अधिवेशन प्रक्रियामा सबै क्रियाशील सदस्य तथा नेता–कार्यकर्ताको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्न आग्रह गरे।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका रहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan