Search
Close this search box.

हेटाैँडालाई शैक्षिक केन्द्र बनाउन लगानी गराैँ: वडा अध्यक्ष सिग्देल


हेटाैँडा।हेटाैँडा- ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले शैक्षिक गुणस्तर सुधारकाे लागि लगानी बढाउन पर्ने बताउनु भयाे । हेटाैँडा क्याम्पस स्वतन्त्र विध्यार्थी युनियनद्वारा चार्डपर्वकाे अवसरमा आयाेजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा बाेल्दै आजकाे आवश्यक्ता भनेकाे प्रविधियुक्त, समयानुकुल गुणस्तरीय शिक्षा भएकाे बताउनु भयाे ।
हाम्राे शैक्षिक केन्द्रबाट उत्पादित जनशक्ति राष्ट्र र अन्तरास्ट्रिय स्तरमा टिक्न सक्ने र बिक्न सक्ने हुनपर्ने बताउनु भयाे । आजकाे शैक्षिक प्रतिस्पर्धा राष्ट्रिय मात्र नभएर अन्तरास्ट्रिय प्रतिस्पर्धा भएकाेले दक्ष जनशक्ति निर्माणकाे लागि सबै तहकाे सरकारले शिक्षामा प्रयाप्त लगानी गर्न आवश्यक छ, लगानी विना शिक्षामा प्रतिफल खाेजेर पाउन सकिन्न उहाँकाे भनाई थियाे । शुभकामना मन्तव्य राख्दै सिग्देलले हाम्राे लक्ष्य भनेकाे हेटाैँडालाई शैक्षिक केन्द्रकाे बनाउने हाे, मधेश प्रदेश समेतकाे शैक्षिक गन्तव्य हेटाैँडा बनिरहेकाे बेला विशेष गरि हेटाैँडामा शैक्षिक लगानी अभिवृद्वी गर्न आवश्यक छ, यसमा सबैकाे ध्यान दिनुपर्छ उहाँले भन्नुभयाे ।
वडा कार्यालयकाे तर्फबाट वडाभित्र रहेका क्याम्पस र विध्यालयकाे प्राथमिकताका साथ बजेट बिनियाेजन गरिएकाे र प्रदेश र संघीय सरकारसंग समन्वय गरेर भाैतिक तथा शैक्षिक सुधारकाे कार्य गरेकाे वडा अध्यक्ष सिग्देलले बताउनु भयाे । शिक्षामा सुधारकाे नजिता पनि आईरहेकाे उहाँ दावि थियाे ।
स्वतन्त्र विध्यार्थी युनियन हेटाैँडा क्याम्पसका कावा सभापति भरत देवकाेटा अध्यक्षतामा भएकाे कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य शिवहरी दाहाल, क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, नेकपा एमाले, मकवानपुर जनसंगठन संयन्त्र प्रमुख सन्ताेष पाैडेल, एमाले मकवानपुरका विध्यार्थी ईञ्चार्ज आकाश अधिकारी, अनेरास्ववियु नगर अध्यक्ष रिजन जिसी, क्याम्पस अध्यक्ष नितेस भण्डारीलगायतकाे आथित्यता रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan