Search
Close this search box.

विद्यार्थीद्वारा त्रिविमा तोडफोड

परीक्षा सञ्चालनक्रममा लापरबाही गरेको आरोप लगाउँदै विद्यार्थीले सोमबार त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेका छन् । त्रिविले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नेतृत्वमा गएका विद्यार्थीले तोडफोड गरेका हुन् । उनीहरूले उपकुलपति कार्यालयभित्र पसेर कुर्सी, सोफा तथा टेबुल फुटाइदिएका छन् । आक्रमणबाट झ्यालका केही सिसा पनि फुटेका छन् । 

बिहान कार्यालय खुल्नेबित्तिकै विद्यार्थी उपकुलपतिको कार्यालय प्रवेश गरेका थिए । बिनाजानकारी कार्यालय प्रवेश गरेर उनीहरू तोडफोडमा उत्रेका थिए । त्यतिखेर उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटा कार्यालयमा उपस्थित थिए।

त्रिविले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन जानेक्रममा बाटोबाटै प्रहरी लगाएर पक्राउ गर्न लागेपछि आक्रोशित विद्यार्थीले तोडफोड गरेको दाबी गरे । आजको गोर्खापत्रमा छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan