Search
Close this search box.

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सवमा ४२ जनाद्वारा रक्तदान


हेटौँडा । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिकोत्सवको अवसरमा हेटौँडा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।
शुक्रबार हेटौँडामा नेपाल रेडक्रस सोसाइटीको सहयोग तथा समन्वयमा आयोजित कार्यक्रममा ४२ जना रक्तदाताले रक्तदान गरेको बैंकका हेटौँडा शाखा प्रबन्धक बिनेश कार्कीले जानकारी दिए ।
रक्तदान कार्यक्रमको सुरुवात हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र बैंकका शाखा प्रबन्धक कार्कीले संयुक्त रूपमा केक काटेर गरेका थिए । कार्यक्रममा बैंकका शेयर सदस्य, ग्राहक तथा कर्मचारीहरूको सहभागिता थियो ।
बैंकको २२औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गरिएको रक्तदान कार्यक्रमले रगत अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
बैंकले आगामी दिनमा पनि समुदायसँगको सम्बन्धलाई सुदृढ बनाउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan