Search
Close this search box.

बिहारको एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु

भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो ।

सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् ।

उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा आगलागी भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan