Search
Close this search box.

काबुलको मस्जिदमा प्रार्थनाको समयमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ । 

विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् ।   अलजजिराले भने विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोटबाट नजिकैका भवन भत्किएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan