हेटौंडा–मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित भाल्टारमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । संघीय स्वास्थ्य मन्त्रालयको ३० लाख रुपैयाँ लागतमा निर्मित पक्की भवनको बुधबार गाउँपालिका अध्यक्ष लोक मुक्तानले उद्घाटन गरेका हुन् ।
बुधबारबाटै नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु गरिएको छ । एक जना एच, एक जना अहेब र एक जना कार्यालय सहयोगी रहेको केन्द्रमा ड्रेसिङ, ओपिडी, आकस्मिक सेवा, गर्भवती जाँच सेवा, खोप कार्यक्रम, पोषण सेवा र अस्थायी परिवार नियोजन सेवा प्रदान गरिन्छ ।
स्वास्थ्य मन्त्रालयको लगानीमा कैलाशका विभिन्न ५ स्थानमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिए । गाउँपालिकाको पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, खानेपानी, शिक्षा स्वास्थ्य रोजगार, कृषि क्षेत्रलगायतमा आफूहरुले काम गरिरहेको अध्यक्ष मुक्तानले सुनाए ।


