Search
Close this search box.

मेक्सिकोमा ७ दशमलव ६ रेक्टरको भुकम्प, २ को मृत्यु

मेक्सिकोको पश्चिमी क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ। सोमबार ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प जाँदा दुई जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ।

जनघनत्व बढी रहेको पश्चिमी शहर मिचुवाकानलाई केन्द्रविन्दु  बनाएर स्थानीय समय अनुसार दिउँसो १ बजे भुकम्प गएको थियो।  भुकम्पका कारण प्यासिफिक पोर्टस्थित मन्जानिलोमा भवन भत्किँदा दुईको मृत्यु भएको हो। क्षतिको थप विवरण आउन बाँकी छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan