Search
Close this search box.

अफगानिस्तानमा आत्मघाती विस्फोट : १९ जनाको मृत्यु, २७ जना घाइते

फगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु भएको छ। दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी मानिस घाइते भएका छन्।

विस्फोट हुँदा विद्यार्थीहरु विश्वविद्यालय परीक्षाको तयारी कक्षामा थिए।

विस्फोट भएको क्षेत्रमा हराजा अल्पसंख्यक समुदाय बस्ने गर्छ। उनीहरुलाई लक्षित गरेर यसअघि पनि यो क्षेत्रमा यस्तै विस्फोट भएका छन्। आक्रमणको जिम्मेवारी हालसम्म कुनै संगठनले लिएको छैन।

तालिवानले घटना लगत्तै सुरक्षाकर्मी पुगेको जनाउँदै आक्रमणको निन्दा गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan