Search
Close this search box.

तपाईंको सहयोगले सहकारीको तला थपियोः थ्यांक यु ईन्द्र बानियाँ

विष्णुप्रसाद अधिकारी (अध्यक्ष)
शान्ति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था
मनहरी–१, चकरी

मेरो नाम विष्णुप्रसाद अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्बर १ स्थित शान्ति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुँ ।
सहकारीको बारेमा कुरा गर्नुपर्दा त्यसको भौतिक संरचना कमजोर थियो । सायद २०७३÷७४ हुनुपर्छ हाम्रो सहकारीको साधारणसभामा माननीय ईन्द्रबहादुर बानियाँज्यूलाई प्रमुख अतिथिको रुपमा बोलाका थियौं । उहाँलाई हामीले सहकारीको समस्या बारे अवगत गरायौं । हाम्रो संस्थाको ग्राउन्ड, कोठा र सभाहल सानो भएर ठाउँ साँघुरो रहेको कुरा दर्शाएपछि उहाँले सहकारीको माथिल्लो तल्ला थपिदिने वाचा गर्नुभयो । बोलेअनुसार ३ वर्षभित्रै उहाँले सांसद विकास कोषबाट १० लाख हालिदिनुभयो । त्यस रकमले तला थपिएको छ । यसलाई फिनिसिङको काम अघि बढाउने तयारीमा छौं । त्यसपछि हामीले कम्प्युटर राखेर सम्पूर्ण सेयर सदस्यहरुलाई परदर्शी ढंगले हिसाबकिताब दुरुस्त राखेर सेवा दिने सोच छ हाम्रो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan