Search
Close this search box.

हेटौंडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु

मकवानपुरको हेटौंडा अस्पतालमा आइतबारदेखि सिटीस्क्यान सेवा सुरु भएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको सरकारी अस्पतालमा पहिलोपटक सिटीस्क्यान सेवा सुरु भएको हो ।

बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको हेटौंडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए । उनका अनुसार हेटौंडा अस्पतालमा दैनिक ३० जनासम्म बिरामीका लागि सेवा दिन मिल्ने गरी सिटीस्क्यान मेसिन सञ्चालनमा आएको हो ।

‘पहिलो दिन नै ८ जनालाई सेवा दिएर सेवा सुरु गरेका छौं । दैनिक ३० जनासम्म सेवा दिनसक्ने क्षमता यो मेसिनले राख्छ । हेटौंडामा औसतमा दैनिक १५ जनालाई सेवा दिनुपर्ने अनुमान गरेका छौं’ चौलागाईंले भने ।

हेटौंडा अस्पतालमा सिटी स्क्यान नहुँदा बीमाबाट उपचार गराउने बसरामीहरु चितवन रिफर हुनुपर्ने अवस्था रहेको थियो । अस्पतालले छिट्टै एमआरआई सेवा पनि सञ्चालनमा ल्याउने उनले बताए ।

नेपाल सरकारबाट ५० शय्या सञ्चालन अनुमति पाएको अस्तालले अहिले ३ सय शय्यासम्म सञ्चालन गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले ओपीडीमा दैनिक ७ सय, आकस्मिकमा दैनिक १ सय ५० भन्दा धेरै बिरामीको उपचार गर्दै आएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan