Search
Close this search box.

बकैया–५ मा आँखा शिविरः २६ जनामा भेटियो मोतियाबिन्दु

हेटौंडा– मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ मा २३१ जनाको आँखा जाँच गर्दा २६ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । मोतियाबिन्दुका बिरामीहरुको भोलि शनिवार सामुदायिक आँखा अस्पताल हेटौंडामा निःशुल्क अपरेशन गरिने छ । बकैया–५ नम्बर वडा र सामुदायिक आँखा अस्पताल हेटौंडाको आयोजनामा बकैया ५ स्थित राजदमार आधारभुत स्वास्थ्य सेवाकेन्द्रमा भएको एक दिने आँखा जाँच सम्बन्धी शिविरमा वडाका २३१ जनाले आँखा जाँच गराएका थिए ।

आँखा शिविरमा २०५ जनाको सामान्य उपचार गरिएको थियो । स्वर्गीय आशिसराज भण्डारीको स्मृतिमा पिता माधव राजभण्डारी र माता राधिका राजभण्डारीले आँखा शिविरको प्रायोजन गरेका थिए । बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता तथा बकैया–५ की वडा अध्यक्ष लक्ष्मी जिम्बाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बकैया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाल, बकैया ४ नं. वडाका वडा अध्यक्ष राजन दंगाल, बकैया १० नं. वडाका वडा अध्यक्ष कमला वाईवा, बकैया गाउँपालिकाका सामजिक शाखा प्रमुख फटिकरमण प्याकुरेल, राजदमार आधारभुत बेस क्याम्पका क्याप्टेन विश्व लामा, बुदुने आधारभुत बेस क्याम्पका क्याप्टेन हरि गुरुङले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा तिलगंगा आँखा अस्पतालका संचालक समिति सदस्य सिद्धिलाल श्रेष्ठ, श्याम गुरुङ, मिरा गुरुङ, सामुदायिक आँखा अस्पतालका वरिष्ठ नेत्र सहायकद्वय कृष्ण कुस्वाह,सबिता क्षेत्री, टेक्निकल टिमका अचला शर्मा, दिनेश रुम्बा, समिक्षा उप्रेती, ५ नं. वडाका वडा सदस्यहरु छलिमाया घिसिङ, ज्ञानुमाया सुनार, अमृत थिङ, सोम बहादुर माझी, नेपाली काँग्रेस पार्टी बकैया सचिव सुनिल दर्लामी, नेकपा एमाले पार्टी वडा अध्यक्ष लाल बहादुर जिम्बा, राप्रपा पार्टी बकैया अध्यक्ष जोग बहादुर स्याङ्तान, प्रभात माविका प्रअ दिपेश देवकोटा, कर्मप्राप्ती माविका प्रअ रुद्र बहादुर दाहाल (मदन), गितावर निमाविका प्रअ हरिहर खनाल, किसान जागरुक सिद्धार्थ प्राविका प्रअ विदुर खतिवडा सहभागि रहेका थिए । राजदमार आधारभुत स्वास्थ्य सेवाका इन्चार्ज सम्झना रानाले स्वागत गरेको कार्यक्रम बकैया ५ का वडा सचिव देवराज लामिछानेले संचालन गरेका थिए । कार्यक्रममा राजदमार आधारभुत स्वास्थ्य सेवा केन्द्रका अहेव मिट्ठु भोलन, अनमी ज्योति बराल, स्वास्थ्य स्वयंसेवीहरु सजनी स्याङ्तान, देवमाया आले, निर्मला दर्लामी, रमिला खड्का लगायतकाको उपस्थिती रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan