पाकिस्तानको इस्लामाबादमा भूकम्पको तीव्र झट्का महसुस भएको छ । यो भूकम्पको तीव्रता ६.३ म्याग्नेच्युड मापन गरिएको छ । भूकम्प स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ः५४ मा गएको हो ।
पाकिस्तानी मौसम विभागका अनुसार भूकम्पको गहिराई १५० किलोमिटर मापन गरिएको थियो जसको केन्द्र ताजिकिस्तान रहेको थियो ।
पाकिस्तानी तथा भारतीय मिडियाले भूकम्पको म्याग्नेच्युड ६.३ भने पनि अमेरिकी भौगर्भिक सर्वेक्षणले ३२.४ किलोमिटर गहिराइमा गएको भूकम्प ४.४ म्याग्निच्युड रहेको जनाएको छ ।
स्मरण रहोस्, अघिल्लो वर्ष २२ जूनमा अफगानिस्तान र पाकिस्तानमा ६.१ तीव्रताको भूकम्प महसुस गरिएको थियो । पाकिस्तानी मिडियाका अनुसार भूकम्पको झट्का इस्लामाबादसमेत अन्य सहरमा पनि महसुस भयो ।
केही प्रतिक्रिया छ कि ?



