हेटौंडा– नर्सिङ संघ मकवानपुरको अध्यक्षमा गंगा दाहाल निर्वाचित भएकी छन् । सोमवार भएको तेश्रो अधिवेशनले दाहालको नेतृत्वमा १५ सदस्य जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा निर्मला भ्लोन, सचिब अमृता श्रेष्ठ, सहसचिव सुवणा कार्की र कोषाध्यक्षमा सानीकान्छी मोक्तान सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका उत्सब चौलागाईले बताए । संघको सदस्यहरुमा अम्बिका पण्डीत, प्रतिमा शाक्य, देवकी खतिवडा, लक्ष्मी भुषाल, शुसिला श्रेष्ठ, सबिता पौडेल, शुष्मा तिवारी, मुना थापा, कृतिका आचार्य लगाएत रहेका छन् ।
भेलाको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले स्वास्थ्य क्षेत्रको बिकासका लागि उपमहानगरपालिका लागिरहेको बताइन् । उनले नर्सिङ पेशाको समस्यालाई बुझ्दै स्थानीय सरकार पनि अधि बढ्ने प्रतिबद्धता जनाइन् । महिला भएकै कारण हेपिएर बस्न नपर्ने भन्ने उदाहारण नर्सिङ पेशामा रहेका महिलाहरुबाट लिन सकिने भन्दै आगामी दिनमा उपमहानगरपालिका सहयोगी बनेर हिँड्न तयार रहेको बताइन् ।
संघका अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नर्सि· संघका केन्द्रीय बरिष्ट उपाध्यक्ष रमेश शुव्वा, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन दुर्गा खड्का, हेटौंडा अस्पताल सञ्चालक समितिका सदस्य उत्सब चौलागाई, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाई लगाएतको आतिथ्यता रहेको थियो ।
