Search
Close this search box.

रोटरीले तीन जिल्लामा वृहत आँखा शिविर गर्दै, तीन हजार जनाको जाँच गर्ने लक्ष्य

हेटौंडा– सेवामुलक अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लव हेटौंडाले मकवानपुरसहित ३ वटा जिल्लामा वृहत आँखा जाँच शिविरको आयोजना गर्ने भएको छ । माघ २६ र २७ गते मकवानपुरसहित बारा र रौतहट गरी चार स्थानमा आँखा शिविरको आयोजना गर्न लागेको हो ।

रोटरी क्लव अफ हेटौंडाले हरेक वर्ष दुइ पटक निःशुल्क आँखा परिक्षण शिविर तथा मोतिविन्दुको अप्रेशन गर्दै आएकोमा यसपटक मकवानपुरका २ स्थान, बारा र रौतहटका १÷१ स्थानमा शिविरको आयोजना गर्न लागेको हो । डेभिट आस्ले, तासमनिया, अस्ट्रेलियाको सहयोगमा हुन लागेको शिविरमा करिब हजार जनाको आँखाको निशुल्क जाँच र ३ सय भन्दा बढी बिरामीको मोतिविन्दुको अप्रेशन गर्ने लक्ष्य राखिएको आँखा शिविरका संयोजक प्रमेश प्रधानले जानकारी दिए ।

शिविरमा छनोट गरिएका बिरामीहरुलाई मोतिबिन्दुको अपरेशनको लागि सोही दिन हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइने र बिरामीहरुको अन्तिम परिक्षण पश्चात मात्र अप्रेशन गरिने उनले बताए । रोटरीले बिरामीलाई आउने, जाने, खाने, बस्नेको व्यवस्था गर्नुका साथै मोतिबिन्दुको अपरेशन एवम् औषधी सबै निःशुल्क गर्नेछ ।

मकवानपुरको मनहरी गाउँपलिकाको सुनाचुरी र रौतहटको फतुवा विजयपुर नगरपालिका ५ मा माघ २६ गते शिविर हुनेछ भने मकवानपुरगढीको डुम्रेकुना र बाराको जितपुरसिमरा नगरपालिका १० नयाँ बेहरामा २७ गतेलाई शिविर तोकिएको छ । शिविरमा सामान्य बिरामीहरुलाई आवश्यकता अनुसार उचित परामर्श, उपचार र औषधि वितरण गरिने आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan