अमेरिकाको मिसिगन स्टेट विश्वविद्यालयमा सोमबार भएको अन्धाधुन्ध गोली प्रहारमा ३ जनाको मृत्यु भएको छ। त्यस्तै, गोली लागी घाइते पाँच जनाको अस्पतालमा उपचार भइरहेको मिसिगन प्रहरीले जनाएको छ। घाइतेमध्ये केही गम्भीर अवस्थामा रहेको प्रहरीको भनाइ छ।
गोली प्रहार कसले गर्यो भन्ने खुलेको छैन। प्रहरीले भने जिन्सको ज्याकेट, रातो रंगको जुत्ता लगाएको होचो कदको एक अश्वेत पुरुषको तस्वीर सार्वजनिक गर्दै उनलाई संदिग्ध व्यक्तिका रूपमा प्रस्तुत गरेको छ।
गोली प्रहारपछि ती व्यक्ति तत्काल विश्वविद्यालयको भवनबाट बाहिरिँदै गरेको देखिन्छ। यद्यपि ती व्यक्तिले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्।
केही प्रतिक्रिया छ कि ?



