Search
Close this search box.

टर्कीमा फेरि शक्तिशाली भूकम्प

टर्कीमा सोमबार फेरि शक्तिशाली भूकम्प गएको छ। सोमबार गएको भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन्।

६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ।

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८ः४४ मा भूकम्प गएको जनाएको छ।

यो भूकम्प आएपछि दर्जनौं पटक ‘आफ्टर शॉक’ को धक्का महसुस गरिएको थियो।

यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan