Search
Close this search box.

ताजिकिस्तानमा शक्तिशाली भूकम्प

ताजिकिस्तानमा पनि आज बिहान शक्तिशाली भूकम्प गएको छ । टर्कि र सिरियामा विनाशकारी भूकम्प गएको तीन सातामा नजिकैको ताजिकिस्तानमा पनि गएको छ । 

स्थानीय समयअनुसार बिहान साढे ५ बजे ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको ताजिकिस्तानबाट प्राप्त समाचारमा उल्लेख छ । भूकप्पको केन्द्रविन्दु पूर्वी ताजिकिस्तानको मुर्घोबदेखि झण्डै ७० किलोमीटर पश्चिममा रहेको बताइएको छ ।

उक्त भूकम्पको धक्का छिमेकी मुलुकहरु किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, चीन र अफगानिस्तानसम्म महसुस गरिएको छ । त्यसअघि ताजिकिस्तानमा ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

छिमेकी चीनले भने ताजिकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चीनको सिन्ज्याङ प्रान्त भूकम्पको केन्द्रविन्दुबाट नजिकै पर्छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan