Search
Close this search box.

आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा ५९ जनाको मृत्यु

दक्षिणी इटालीको समुन्द्रमा डुङ्गा डुब्दा १२ बालबालिकासहित कम्तीमा ५९ आप्रवासीको मृत्यु भएको छ। उक्त दुर्घटनामा दर्जनौं बढी बेपत्ता भएको आशंका गरिएको बीबीसीले उल्लेख गरेको छ।

आइतवार क्रोटोन नजिकै उतार्ने क्रममा जहाज टुक्रिएको थियो। जहाजमा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका आप्रवासीहरू थिए। मृत्यु हुनेमा एक बच्चा पनि रहेको इटालियन अधिकारीहरूले बताएका छन्।

घटनास्थलमा पुगेका गृहमन्त्री माटेओ पियानटेडोसीले ३० जना अझै बेपत्ता रहेको बताएका छन्। क्यालाब्रिया क्षेत्रमा नजिकैको समुद्र तटमा शवहरू फेला परेका थिए।

कोस्टगार्डले ‘डुङ्गा दुर्घटनापछि किनारमा पुग्न सफल भएकाहरूसहित’ ८० जनालाई जीवितै फेला पारेको बताएका छन्। केही दिनअघि टर्कीबाट छुटेको डुङ्गामा कति यात्रु थिए भन्ने यकिन संख्या भने खुल्न सकेको छैन।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan