Search
Close this search box.

बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा भिषण आगलागी

बंगलादेशको दक्षित पूर्वी क्षेत्रमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा आगलागाी हुँदा हजारौं शरणार्थी घरबारविहीन बनेका छन्। 

आइतबार भएको विषण आगलागीमा २ हजारभन्दा बढी क्याम्प जलेर नष्ट भएका छन्। म्यान्मारको हिंसाबाट ज्यान जोगाउन बंगलादेश आएर शरणार्थी बनेका रोहिङ्ग्याहरु आगलागीबाट झन पीडामा परेका छन्। बीबीसीका अनुसार आगलागीबाट १२ हजार शरणार्थीहरु घरबारविहीन बनेका छन्। 

आगलागीको कारणबारे कुनै जानकारी आएको छैन। साथै कुनै मानविय क्षतिबारे पनि अहिले कुनै जानकारी आएको छैन। 

स्थानीय समयअनुसार आइतबार दिउँसो तीन बजेतिर आगलागी भएको थियो। बंगलादेशका शरणार्थी कमिस्नर मिजानुर रहमानले तीन घण्टामा आगो नियन्त्रणमा लिइएको जानकारी दिए।

आगोमा परी ३५ मस्जिद र शरणार्थीका लागि बनाइएका २१ वटा लर्निङ सेन्टर पनि जलेर नष्ट भएका छन्। 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan