Search
Close this search box.

बंगलादेशको ढाकामा रहेको सात तले भवनमा विस्फोट हुँदा ११ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाकाको एक व्यस्त बजारमा रेहेको भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार ढाकाको सात तले व्यावसायिक भवनमा भएको यस विस्फोटमा कम्तीमा १०० जना घाइते भएको बताइएको छ ।

गुलिस्तान क्षेत्रमा रहेको भवनको चौथो र पाँचौं तल्लामा विस्फोट भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । यो क्षेत्र देशको थोक वस्तुको गढ मानिन्छ।

पीटीआईले डीएमसीएच चौकीमा कार्यरत इन्स्पेक्टर बच्चु मियाँलाई उद्धृत गर्दै घाइतेहरूलाई उपचारका लागि ढाका मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ। उनीहरूलाई अस्पतालको आकस्मिक वार्डमा भर्ना गरिएको थियो ।

विष्फोट के कारणले भयो भन्ने बारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । समाचार एजेन्सी एएनआईले स्थानीय मिडियामा आएको रिपोर्टलाई उद्धृत गर्दै यस विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको जनाएको छ।

बंगलादेशी समाचार पोर्टल बीडीन्युज२४ ले फायर सर्भिस स्टेशनलाई उद्धृत गर्दै स्थानीय समय अनुसार बिहान ४.५० बजे विस्फोट भएको जनाएको छ। विष्फोटपछि लागेको आगो नियन्त्रणका लागि उक्त क्षेत्रमा पाँच दमकल परिचालन गरिएको छ ।

यस भवनको तल्लो तहमा सेनेटरी उत्पादनका केही पसलहरू थिए। त्यसको अगाडि बंगलादेशको निजी बैंक बीआरएसको शाखा थियो । विष्फोटबाट त्यसमा पनि क्षति पुगेको छ ।

यसअघि शनिबार बंगलादेशको दक्षिणी क्षेत्रमा अक्सिजन उत्पादन गर्ने कारखानामा विष्फोट हुँदा सात जनाको मृत्यु भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan