Search
Close this search box.

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । खेरले लेखेका छन्– ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् । कौशिकको निधनको कारणबारे आधिकारिक विवरणहरू भने आइसकेका छैनन् ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे । उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभियन सिकेका थिए ।

कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । उनले सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा ‘साजन चले ससुराल’ फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।

‘रूप के रानी चोरोंका राजा (१९९३)का फिल्मबाट निर्देशनमा आएका कौशिकले ‘हम आपके दिलमे रहेते है(१९९९),’तेरे नाम (२००३)जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।

कौशिकका पत्नी र एक छोरी रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

मकवानपुरका पूर्वाधार योजनामा पुन गति, मन्त्री देवकोटाद्वारा अनुगमन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan