Search
Close this search box.

चीनमा कोइला खानी दुर्घटना हुँदा ६ जनाको मृत्यु

चीनको दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा भएको कोइला खानी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। 

स्थानीय अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार गुइझोउको क्वानक्सी गुली सहरमा निर्माणाधीन कोइला खानीमा आइतबार बिहान भएको उक्त दुर्घटनामा पाँच जना मानिस फसेको बताइएको थियो।

दुर्घटनापछि अस्पताल लैजाँदै गर्दा एक जनाको मृत्यु भएको थियो। फसेका पाँच जना मंगलबार बिहान मृत फेला परेका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan