Search
Close this search box.

अमेरिकाको मिसिसिपीमा आएको आँधीका कारण २६ जनाको मृत्यु

अमेरिकाको मिसिसिपीमा शुक्रबार राति आएको आँधीका कारण २६ जनाको मृत्यु भएको छ। शनिबार बिहानबाट भग्नावशेषमा फसेका मानिसलाई बाहिर निकाल्न उद्धार अभियान सुरु गरिएको थियो। तर आँधीले ध्वस्त भएका भवनहरूमा अझै धेरै मानिस फसेको आशंका गरिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अधिकारीहरूसँग कुरा गरेर तीव्र गतिमा उद्धार कार्य गर्न आदेश दिएका छन्। आपतकालीन सेवाहरूले खतरनाक आँधीका कारण दर्जनौं व्यक्ति घाइते भएको र धेरै बेपत्ता भएको जानकारी दिएका छन्। साथै, मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

त्यहाँस्थित मौसम पूर्वाअनुमान विभागले आइतबार राति फेरि आँधी आउने सम्भावना रहेको आकलन गरेको छ।  जसका कारण करिब २० लाख मानिस जोखिममा पर्ने अनुमान गरिएको छ। 

३० हजार फिटसम्म भग्नावशेष उडेको छ
बीबीसी रिपोर्टका अनुसार आँधीको गति यति तीव्र थियो कि यसका कारण करिब ३० हजार फिटसम्म भग्नावशेषहरुलाई उडाएको थियो। उक्त आँधीले सबैभन्दा बढी क्षति मिसिसिपीको रोलिङ फोर्क सहरमा गरेको छ।

उक्त क्षेत्रको आधाभन्दा बढी संरचना पूर्ण रुपमा ध्वस्त भएको अधिकारीहरुले बताएका छन्। यसैबीच, शुक्रबार आएको आँधीले मानिसहरूलाई सन् २०११ को आँधीको स्मरण गराएको छ, जसमा १६१ जनाको मृत्यु भएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan