Search
Close this search box.

अमेरिकाका विभिन्न स्थानमा आएका आँधीबेहरीका कारण २१ जनाको मृत्यु

अमेरिकाको दक्षिण र पूर्वमा आएका आँधीबेहरीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको एएफपी समाचार संस्थाले खबर दिएको छ । 

खतरनाक आँधीका कारण दर्जनौं अन्य मानिस घाइते भएका छन् । आँधीले सबभन्दा बढी प्रभावित पारेको टेनेसी राज्यलाई हो । त्यहाँ आँधीकै कारण सातजनाको मृत्यु भएको छ । 

त्यसबाहेक आर्कान्सास, मिसिसिपी, अलबामा, इन्डियाना र इलिनोइमा १४ जनाको मृत्यु भएको छ । आँधी अहिले अमेरिकाको पूर्वी तटतर्फ गइरहेको र त्यसले चट्याङ, असिना र चर्को हावा ल्याउने बताइएको छ।

आँधीका कारण कैयौं घर ध्वस्त भएका छन् । बिजुलीको आपूर्ति रोकिएको छ भने रुखहरू भुइँबाट उखेलिएका छन् । 

उत्तरपूर्वी आर्कान्सासको विन शहर पूर्वबाट पश्चिमतर्फ आधा काटिएको त्यहाँकी मेयर जेनिफर हब्सले बताएकी छन् ।

शनिवार ६ लाख १० हजारभन्दा बढी घरमा बिजुली नपुगेको बताइएको छ । 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan