Search
Close this search box.

आँधीको वितण्डामा परी २६ जनाको मृत्यु

अमेरिकाका दक्षिणी र मध्यपश्चिमी राज्यमा शक्तिशाली आँधी (भूमरी)मा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ। 

टेनेसी राज्यमा मात्रै ७ जनाको मृत्यु भएको यूएसए टुडेले जनाएको छ। आँधीका कारण कैयौँ घर तथा भवनमा क्षति पुगेको छ। करीब १० लाख घरमा विद्युत् आपूर्ति ठप्प भएको अमेरिकी पावरआउटेजले जनाएको छ।

भर्जिनिया, ओहायो र पेन्सलभेनिया राज्य आँधीबाट सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। यस्तै, अर्कान्सस, टिनेसी, इलनोइ, इन्डियाना, अलबामा र मिसिसिपीसहित राज्यमा पनि आँधीले क्षति पुर्‍याएको छ।

शुक्रबारदेखि नै आपतकाल घोषणा गरिएको अर्कान्सस राज्यमा सहयोग र राहतको प्रयास लागि जनशक्ति परिचालन गरिएको गभर्नर सेरह हकाबीलाई उद्‌धृत गर्दै बीबीसीले जनाएको छ। यसंबीच राष्ट्रपति बाइडेनले मिसिसिपीको अवस्था दयनिय रहेको र आँधीपछिको अवस्थाका लागि संघीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

आँधी प्रभावित क्षेत्रमा ६० भन्दा बढी भूमरीहरू देखा परेको वासिंटन पोस्टले जनाएको छ। खराब मौसमी अवस्था आउनसक्ने भन्दै सुरक्षित रहन स्थानीयलाई मौसम विभागले आग्रह समेत गरेको छ।

यसअघि गत साता पनि मिसिसिपीमा आएको विनाशकारी भूमरीमा २६ जनाको मृत्यु भएको थियो। ९४ किलोमिटर प्रतिघण्टाको गतिमा आएको भूमरीले त्यतिबेला दुई हजार घरमा क्षति पुगेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan