Search
Close this search box.

लम्पी स्किन रोग र नियन्त्रणका कार्यक्रम

अनुप अधिकारी

सूचना अधिकारी, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश


पृष्ठभूमि

लम्पी स्किन डिजिज् (Lumpy Skin Disease) गाईभैँसीमा लाग्ने एक संक्रामक विषाणुजन्य रोग हो। यो रोग भैँसीको तुलनामा गाईहरुमा बढी लाग्ने गर्दछ।हाल यो रोग मुलकभर फैलिरहेको छ।यो रोग बागमती प्रदेशको मकवानपुर, चितवन, नुवाकोट, सिन्धुली,  काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा देखा परिसकेको छ।यो रोगबाट पशुमा हुने मृत्युदर कम (करिब 5 प्रतिशत) भए पनि दुहुना पशुहरुको दूध उत्पादनमा उल्लेख्य ह्रास (80 प्रतिशत सम्म) हुने भएकाले कृषकहरुलाई ठूलो आर्थिक क्षति पुग्दछ।यसर्थ, बागमती प्रदेशभित्र तिव्र गतिमा फैलिरहेको यो रोगको समयमा नै नियन्त्रण तथा रोकथाम गरी गाईभैँसीको स्वास्थ्य संरक्षण गर्न  र दूध उत्पादनमा हुने कमीलाई न्युनीकरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशले विशेष कार्यक्रहरु सञ्चालन गर्ने भएको छ।

रोगका लक्षणहरु

  • अत्याधिक ज्वरो आउने (104 डिग्री फरेन्हाइट भन्दा बढी),
  • पशु झोक्राउने, दाना पानी नखाने,
  • दुहुना गाईभैँसीको दूध 25-80 प्रतिशत सम्म घट्न सक्ने,
  • शरीरका विभिन्न भागहरु जस्तै घाँटी, खुट्टा, पेट, थुन वरपर र छालामा गिर्खा आउने र पछि गिर्खाहरु फुटी अल्सर हुन सक्ने,
  • आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने,
  • रोगी पशुलाई जीवाणुको संक्रमणले निमोनिया र थुनेलो हुन सक्ने,
  • रोगी पशुमा अन्य समस्या पैदा भई पशुको मृत्यु पनि हुन सक्ने।

रोग सर्ने माध्यम

विशेषतः झिङ्गा, लामखुट्टे, किर्नाको टोकाईबाट यो रोग सर्दछ।

संक्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट पनि यो रोग सर्न सक्छ।

उपचार

यो रोगको ठोस उपचार छैन ।

रोग नियन्त्रण र रोकथामको लागि मन्त्रालयको तयारी

  • रोगको कारण, लक्षण, यसबाट कृषकहरुमा पुग्ने क्षति एवं नियन्त्रण र रोकथामका बारेमा कृषक र सबै सरोकारवालाहरुमाझ जनचेतना फैलाउन प्रचार प्रसार सामाग्री तथा सूचना प्रकाशन गरिएको।
  • रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशिघ्र शुरु गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुलाई निर्देशन दिई सकिएको। हाल मकवानपुर जिल्लाको मकवानपुरगढी गा.पा वडमा नं 5 मा 1500 डोज खोप लगाउने कार्य सञ्चालन भईरहेको।
  • बागमती प्रदेशभित्र कुनै स्थानमा लम्पी स्किन डिजिज् फैलिएमा मन्त्रालयको टोल फ्रि नम्बर 18105000011 मा सम्पर्क गर्न कृषक तथा सरोकारवालाहरुलाई अनुरोध गरिएको।
  • रोग ग्रस्त क्षेत्रमा गई तत्काल निःसंक्रमण, उपचार लगायतका नियन्त्रणका कार्यहरु सञ्चालन गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा Immediate Disease Control Team (IDCT ) गठन गरिएको।
  • पशु ओसारपसार र ढुवानीका माध्यमबाट रोग सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानून बमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुलाई निर्देशन दिई सकिएको।
  • रोग नियन्त्रण र रोकथाम कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले केही दिन भित्र नै लम्पी स्किन डिजिज् नियन्त्रण र रोकथाम रणनीति, 2080 तयार गरी कार्यान्वयन गर्ने।कृषकहरुलाई आफ्नो पशु फार्ममा रोग फैलिन नदिन जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न अनुरोध गरिएको ।
केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

लम्पी स्किन रोग र नियन्त्रणका कार्यक्रम

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

लम्पी स्किन रोग र नियन्त्रणका कार्यक्रम

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

लम्पी स्किन रोग र नियन्त्रणका कार्यक्रम

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

लम्पी स्किन रोग र नियन्त्रणका कार्यक्रम

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

लम्पी स्किन रोग र नियन्त्रणका कार्यक्रम

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

लम्पी स्किन रोग र नियन्त्रणका कार्यक्रम

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

लम्पी स्किन रोग र नियन्त्रणका कार्यक्रम

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

लम्पी स्किन रोग र नियन्त्रणका कार्यक्रम

मकवानपुरका पूर्वाधार योजनामा पुन गति, मन्त्री देवकोटाद्वारा अनुगमन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan