Search
Close this search box.

नेप्सेमा २३.३९ अंकको वृद्धि

बुधबार नेप्से परिसूचक २३.३९ अंकले बढेको छ।

यस दिन नेप्से १.२८ प्रतिशतले बढेर १८४५.०१ बिन्दुमा पुगेको छ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ पुगेको छ।

यस दिन २६६ वटा धितोपत्रको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच भएको हो।

बुधबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ९३३ रुपैयाँ ४० पैसा पुगेको छ।

यस्तै, इष्टर्न हाइड्रोपावरको सेयरमूल्य ९.७८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २४७ रुपैयाँ पुगेको छ।

यसैगरी, माई खोला हाइड्रोपावरको सेयरमूल्य ७.९३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २७७ रुपैयाँ ६० पैसा पुगेको छ।

यस्तै, युनिक नेपाल लघुवित्तको सेयर मूल्य ५.३६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार रुपैयाँ ३२५ पैसा पुगेको छ।

बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४०३ रुपैयाँ ५० पैसामा ५ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। उक्त कम्पनीको ७७७ रुपैयाँमा ४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशतले बढेको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan