Search
Close this search box.

सेयर बजार ३२‍.३० अंकले बढ्यो

सेयर बजार ३२‍.३० अंकले वृद्धि भएको छ । बुधबार २३ अंकले बढेको सेयर बजार बिहीबार ३२।३० अंकले बढेको हो । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ ।

लगानीकर्ताहरुमा उत्साह थपिँदा बिहीबार एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक ट्रेडिङ उपसूचक ३.७१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशतले बढेको छ ।

यसदिन २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३३ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एनआइसी एसिया बैंक परेका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan