Search
Close this search box.

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रति तोला १ लाख ८ हजार १ सय, तेजावी सुन प्रति तोला १ लाख ७ हजार ६ सयमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबारको दिन छापावाल सुन प्रति तोला १ लाख ८ हजार ३ सय, तेजावी सुन प्रति तोला १ लाख ७ हजार ८ सयमा कारोबार भएको थियो।

सुनको मूल्यमा २ सयले गिरावट आए पनि चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। आज बजारमा चाँदी प्रति तोला १३ सय ६० रुपैयाँले कारोबार भइरहेको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan