Search
Close this search box.

सुनको भाउ तोलाको १ लाख १३ हजार नाघ्यो

पछिल्ला केही दिनहरुमा सुनको भाउ बढ्दो छ । यसैबीच, आज शुक्रबार सुनको मूल्यले नयाँ रेकड बनाएको छ ।

शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको हो । नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकर्ड हो । बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan