Search
Close this search box.

भर्जिनिया गोलीकाण्डः दुईको मृत्यु, १९ वर्षीय किशोर पक्राउ

अमेरिकाको भर्जिनिया राज्यको राजधानी रिचमण्डमा मंगलबार साँझ अन्धाधुन्ध गोली चलेको घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय किशोर पक्राउ परेका छन्।

समाचार संस्था एपीका अनुसार गएराती रिचमन्ड प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो। उनको नाम भने प्रहरीले गोप्य राखेको छ।

गोलीकाण्डमा दुई जनालाई पक्राउ गरिएपनि एकजना असंलग्न रहेको पाइएपछि १९ वर्षीय किशोरलाई हिरासतमा राखी अर्का व्यक्तिलाई छाडिएको रिचमन्डका प्रहरी प्रमुख रिक एडवार्ड्सले एपीलाई जानकारी दिएका छन्।

मंगलबार रिचमण्डस्थित ह्युगुएनोट हाइस्कुलका विद्यार्थीहरूको दीक्षान्त समारोह सकिएलगत्तै मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो।

उक्त पार्कमा दीक्षित भएका विद्यार्थी र उनीहरूका अभिभावकहरू सैयौं संख्यामा थिए। उनीहरू फोटो खिचिरहेका थिए।

अकास्मात् गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो। उनीहरू दीक्षान्त समारोह भएको स्थलतर्फ दौडिएका थिए। त्यस क्रममा लडेर, अतालिएर दर्जनौं घाइते भएको एपीले जनाएको छ।

केही अभिभावकहरू आफ्नो सन्तानसँग अंकमाल गर्दै रोइरहेका विक्षिप्त दृश्य देखिएको प्रहरी प्रमुख एडवार्डले बताए।

ुमोनरो पार्कमा सैयौं मानिसहरू थिए। गोली चलेपछि माहोल आतंकित भएको थियो। उहाँहरू यताउती छरिनुभयो। दृश्य एकदम भयानक थियो,ु उनले एपीलाई भनेका छन्।

अन्धाधुन्ध चलेको गोली सात जनालाई लागेको थियो। तीमध्ये दुई जनाको मृत्यु भएको छ। एकजना सोही समारोहबाट दीक्षित भएका १८ वर्षीय विद्यार्थी र ३६ वर्षका अर्का पुरूष रहेका छन्। ती पुरूष पनि दीक्षान्त समारोहमै सहभागीमध्ये एक रहेको एपीले उल्लेख गरेको छ।

घाइतेहरूको भिसियु मे‍डिकल सेन्टरमा ्उपचार भइरहेको छ।

गोली चलाएर भाग्दै गरेका १९ वर्षीय किशोर पक्राउ परेका छन्। उनलाई सेकेन्ड डिग्री मर्डरको मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख एडवार्ड्सले बताए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan