Search
Close this search box.

ग्रीसमा आप्रवासी सवार डुंगा दुर्घटना हुदाँ ७९ जनाको मृत्यु

ग्रीसमा आप्रवासी सवार डुंगा दुर्घटना भएको छ। पूर्वी ग्रीसको तटीय क्षेत्रमा भएको सो दुर्घटनामा ७९ जनाको मृत्यु भएको छ।

उद्धार टोलीले एक सयजना भन्दा बढी आप्रवासीलाई उद्धार गरेको छ। डुंगामा अझै सयौं आप्रवासी रहेको अनुमान गरिएको छ। उद्धार गरिएकाहरुले डुंगामा ५०० देखि ७०० जना रहेको बताएका छन्। उद्धार र खोजी कार्य अझै जारी छ।

जोखिमबिच ग्रीस हुँदै आप्रवासीहरु युरोपका विभिन्न देश प्रवेश गर्ने गर्छन्। तटीय क्षेत्रमा भएको यो दुर्घटना हालसम्मकै ठूलो भएको जनाइएको छ। ग्रीसले ३ दिनको शोकसमेत घोषणा गरेको छ।

डुंगामा सवार कसैले पनि ुलाइफ ज्याकेटु लगाएका थिएनन्। उनीहरु केहीदिन देखि सोही डुंगामा सवार थिए।

कोस्टल गार्डले डुंगा चालकलाई स्याटेलाइट फोन मार्फत पटकपटक सम्पर्क गरि सहयोग गर्न चाहेको बताएको थियो। तर उनीहरुले सहयोग अस्वीकार गर्दै आफूहरु इटाली जान चाहेको बताएका थिए। ग्रीसको कडा कानुनका कारण डुंगामा रहेका मानिसहरुले ग्रीसको सहयोगको आश्वासन अस्वीकार गरेको अनुमान गरिएको छ।

डुंगाको इन्जिनमा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ। दुर्घटनाको सूचना पाउने बित्तिकै उद्धार टोली खटाइएको थियो। तर, समुन्द्रमा चलेको तिब्र हावाले उद्धार टोलीलाई पनि गाह्रो बनाएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan