Search
Close this search box.

ब्रह्माण्डकै दिक्क लाग्दो सामाजिक सञ्जालप्रेमीहरू

संप्रस पौडेल

आज सञ्जालको जञ्जालमा पोस्ट हुने स्टाटस/ ट्वीट लिएर आएको छु । तपाईँलाई उपयुक्त लाग्ने कुनै छानेर पोस्ट गर्न सक्नुहुनेछ ।

१. हरविषय सञ्जालमा पोस्टिनुपर्ने टिकटके बुहारी (टिकटकमा खुट्टा देखाएर)
“आज मेरी सासुले ओछ्यानमै गाली गर्नुभो, मैले टेर्दै टेरिनँ, खुट्टाँ घाम लागुन्ज्याल निदाएँ ।“

२. बुहारीलाई कजाउँनु पर्ने मान्यताकी सासु
(चोकमा)
आज बरू भोकभोकै बसिन्छ तर घरमा सिन्को भाँचिँदैन ।

३. बिरामी (अस्पतालको बेडबाट)
“पूलमा सेल्फी लिँदा लडियो, दाहिने हातबाहेक सबै हातखुट्टा भाँचियो ।
प्रतिक्रियाः झण्डै रेस्ट इन पिस भाको ।

४. धन्नको बिरामी
आज एक बाल्टीजति बान्ता भयो । हिजो खाको सेकुवा र लोकल झोल पनि सर्लक्कै गयो । (खाना खाने बेला पढ्न नहुने पोष्ट)

५. श्रीमती
(१०ः०० बजे अफिस गएका श्रीमानलाई)
“सानो कुरामा रिसाउँदै घर छोडी जाने मेरो प्यारा तपाईँ जहाँ भए पनि आउँनुहोस् । हामी सबै (मुसा, बिराला, साङ्ला, झिँगा, किर्ना, उपियाँ…) तपाईँकै प्रतिक्षामा छौँ ।“

६. आफैँले माइतसम्म लगेर छोडेपछि श्रीमतीलाई ट्याग गर्दै
“जानु, मिसिङ यु“

७. शिक्षक
बाह्र छोरा तेह्र नाती, विद्यार्थीको होमवर्क मेरै काँधमाथि

८. टिभी पत्रकारः (आफ्नै दिदी भिनाजुको अन्तरवार्ता लिँदै)
बिहे चैँ मागी की भागी ? (धमला दाईले त भाउजुकै अन्तर्वार्ता लिइदिरा ।)

९. खेतबारीमा काम गर्ना अल्छिले शहर पसेको म
(दुई त्यान्द्रा सुकेनास लागेका सिमीको फोटो पोस्टिँदै) आफ्नै करेसा बारीको ।

१०. घरमा चियाको गिलास नमाझेको केटो
(अष्ट्रेलियामा भाँडा माझ्दछ)
आज आफिस वर्क अली ज्यादै भो, फिलिङ टायर्ड

११. ग्रीन हाउसमा विषादीमा चोपेर तरकारी फलाउँने किसान
(फोटोको साथमा) आयो हजुर अर्गानिक तरकारी, मुटु, कलेजो, फोक्सो सबैलाई काम गर्ने । मृगौलालाई नभई नहुने, पेटको रोगले नछुने)

१२. जलवायु सम्मेलनको भत्ता खान विदेशिएको ठ्याउके नेता
यी समुद्र नेपालाँ भैदेको भए, हामी पनि विकास गर्थ्यौँ । (माल पाएर चाल नपाएको ।)

१३. विदेशी टापुका बालुवामा सुतेको देखेर राप्ती बगरमा सुतेर फोटो, भिडियो खिच्ने भाको
(बालुवाले पोलेर फोका तर) सञ्जालमा अन द राप्तिज् बिच्

१४. स्टेशनरीवाला
कस्ता कस्ता ग्राहक हँ, अफ्रिकीले टिकटकमा देखाएको कलम खोज्न धादिङको कोप्चामा आउँछन्
(प्लेन चार्टर्ड गरेर अफ्रिकाबाटै मगाइदिए हुने नि, तिरिहाल्थे कि !)

१५. राजनीतिकर्मी
कलियुगको बेलैमा जोशमा हुन्न होस,
कार्यकर्ता बिग्रिए, बाउआमालाई दोष ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan