Search
Close this search box.

रेडक्रस चुरियामाई उपशाखालाई ३१ जोर सर्ट–पाइन्ट सहयोग

हेटौंडा– नेपाल रेडक्रस सोसाइटी चुरियामाई उपशाखालाई हेटौंडा औद्योगिक क्षेत्र गोर्खा लहरी मजदुर परिवारले ३१ जोर नयाँ सर्ट–पाइन्ट सहयोग गरेको छ ।

रेडक्रस चुरियामाई उपशाखाले सञ्चालन गरिरहेको सहयोग संकलन अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले मजदुर परिवारले नयाँ कपडा उपलब्ध गराएको हो । कपडा संकलनमा लक्ष्मण सापकोटा र केशव अधिकारीले मुख्य भूमिका निर्वाह गरेका थिए । शिव अधिकारी, द्रोण अधिकारी र सुवास ढुंगानाले समेत सहयोग गरेका थिए ।

संकलित रकम तथा नयाँ ३१ जोर सर्ट–पाइन्ट आइतबार नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखालाई हस्तान्तरण गरिने उपशाखाले जनाएको छ ।

कपडा हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सहसचिव सिद्धान्त सापकोटा र उपसभापति तुलसा गौतमलगायतको उपस्थिति थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan