Search
Close this search box.

साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ। अल जजिराका अनुसार यो घटना बुधबार भएको हो। समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए।

त्यसपछि सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो। त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको बताइएको छ।

मृत्यु भएका नेपाली सुरक्षा गार्डको नाम ठेगाना खुलाइएको छैन। साउदी प्रेस एजेन्सी (एसपीए)ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ। उद्यपी यनको पहिचान खुलाइएको छैन।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan