Search
Close this search box.

दोहोरो अंकले बढ्यो बजार, ३ अर्बमाथिको कारोबार

कारोबार हुने साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकले बढ्यो। पछिल्ला तीन दिन स्थिर प्रायः रहेको बजार बुधबार ह्वात्तै बढ्यो।

यसदिन नेप्से २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ३.२८ अंकले बढेर ३९२.१५ विन्दुमा चढ्यो।

उपसूचक समूहमध्ये जलविद्युत् समूह सबैभन्दा बढी ४.४१ प्रतिशतले बढ्दा अन्य सामान्य अंकले बढे। फाइनान्स र होटल तथा पर्यटन समूह भने ऋणात्मक रहे।

बजार बढ्दा कारोबार रकममा पनि बढोत्तरी देखियो। २८९ कम्पनीका ८५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १८ करोड रुपैयाँको कारोबार भयो।

सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको ३३ करोडको हुँदा दोस्रो स्थानमा हिमालयन लाइफ इन्स्योरेन्सको ९ करोड रुपैयाँको कारोबार भयो।

यसदिन लगभग नौ कम्पनीमा सकारात्मक सर्किट लाग्दा रावा इनर्जी डेभलपमेन्ट कम्पनीमा नकारात्मक सर्किट लाग्यो।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan