Search
Close this search box.

दक्षिण कोरियामा बाढीले ४० को मृत्यु

दक्षिण कोरियामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । उत्तरी प्रान्त चुंगचेनको च्योंग्जुमा सोमबार एकै दिन १३ जनाको मृत्यु भएपछि बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ४० पुगेको हो ।

राष्ट्रपति युन सुक योलले बाढी प्रभावितहरूको उद्धारका लागि मातहतका निकायलाई निर्देशन दिएका छन् । युक्रेनको यात्राबाट सियोल फर्किएपछि राष्ट्रपति युनले प्राकृतिक प्रकोपको क्षति न्युनिकरण गर्न मातहतका निकायहरूको बैठक बोलाएर अधिकारीहरूलाई पीडितको उद्धार गर्न सक्दो प्रयास गर्न निर्देशन दिए ।

राष्ट्रपति युनले भारी वर्षा र बाढीमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदा प्रकट गरेका छन् । ‘हामीले यो परिस्थितिलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । साथै सबै उपलब्ध स्रोतहरू परिचालन गर्न आवश्यक छ,’ राष्ट्रपति युनले भनेका छन् ।

राष्ट्रपति युनले प्रभावित क्षेत्रमा उद्धारकार्य तीव्र बनाएका छन् । जुलाइ ९ देखि कोरियाका विभिन्न स्थानमा परेको भारी वर्षा र बाढीपहिरोले जनजीवत कष्टकर बनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

दक्षिण कोरियामा बाढीले ४० को मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

दक्षिण कोरियामा बाढीले ४० को मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

दक्षिण कोरियामा बाढीले ४० को मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

दक्षिण कोरियामा बाढीले ४० को मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

दक्षिण कोरियामा बाढीले ४० को मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

दक्षिण कोरियामा बाढीले ४० को मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

दक्षिण कोरियामा बाढीले ४० को मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

दक्षिण कोरियामा बाढीले ४० को मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan