Search
Close this search box.

जग्गा कारोबार २६ र राजस्व ४४ प्रतिशतले घट्यो

जग्गा वर्गीकरणमा भएको ढिलाइ र विश्वव्यापी आर्थिक मन्दीको असरका कारण देशभर जग्गा कारोवार घटेको छ। आर्थिक वर्ष २०७८(०७९ को तुलनामा गत आवमा जग्गा कारोबार संख्या र यसबाट संकलन हुने राजस्व दुवै घटेको हो।

अघिल्लो आवको तुलनामा जग्गा कारोबार २६ प्रतिशत र राजस्व संकलनमा ४४ प्रतिशतले गिरावट आएको छ । आव २०७८(०७९ मा १८ लाख १४ हजार ७३९ जग्गा कारोबार भएकोमा गत आवमा यो संख्या घटेर १३ लाख ३३ हजार ४२५ मा झरेको छ ।

यसैगरी अघिल्लो आवको तुलनामा कारोबारबाट संकलन हुने राजस्व ७४ अर्व ५९ करोड रुपैयाँबाट ४१ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक निर्माणकुमार कार्कीले आर्थिक मन्दी र पालिकाले वर्गीकरणमा गरेको जग्गाको ढिलाइका कारण कित्ताकाट रोकिंदा कारोबारमा कमी आएको बताए ।

‘कित्ताकाट हुन सक्ने जग्गासमेत आर्थिक मन्दीका कारण कारोबार हुन सकेको छैन,’ उनले भने । यो समाचार कारोबार दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan