हेटाैँडा।दशैँ सकिएकाे भाेलीपल्टै निर्माण कार्यमा हेटाैँडा-४ का वडा अध्यक्ष नवीन सिग्देल लागि परेका छन् । वडा अध्यक्ष सिग्देलले दशैँकाे पूर्णिमाकाे भाेलीपल्ट नै ढल निर्माण कार्य शुरू गराएका छन् ।
हेटाैँडाकाे मूख्य बजार क्षेत्रमा रहेकाे त्रिदेव मार्गमा ढल निर्माणकाे लागि चेम्बर खन्ने कार्य शुरू गरिएकाे छ । वडा कार्यालयबाट विनियाेजित १० लाख बजेटबाट १७ वटा चेम्बर र पाईप जडान गरि ढल निर्माण कार्य सम्पन्न गरिने बताईएकाे । ढल निर्माण पछि करिव ५० घरघुरीका १ सय परिवारले ढल सुविधा पाउने छन् । जिर्ण रहेकाे त्रिदेव मार्ग २०७४ सालमा वडा कार्यालयबाट विनियाेजित २० लाख बाट कंक्रिट ढलान गरिएकाे स्थानीय बासिन्दा तथा तत्कालिन उपभाेक्ता समितिका अध्यक्ष राजेन्द्रकुमार लामिछानेले बताउनु भयाे । ढल निर्माण शुरू भयाे, हामी टाेलबासीकाे खुसी छाैँ, लामिछानेले भन्नुभयाे ।
वडाभित्र साना-ठुला याेजनाहरू गरि ५० भन्दा वढि स्थानमा बजेट विनियाेजन भई निर्माण कार्यहरू तत्काल अगाडि बढ्ने वडा नवीन सिग्देलले बताउनु भयाे । गुणस्तरीय निमार्णकाे लागि जनसहभागिता र स्थानीयबासीकाे चासाे र सहयाेग महत्वपूर्ण हुने उहाँकाे भनाई छ ।

