Search
Close this search box.

सुनको मूल्य हाल सम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनाचाँदी कारोबार मूल्य हालसम्मकै उच्च रहेको जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १ सय र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो। गत १९ जेठमा सुन मूल्य अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३ सयमा कारोबार भएको थियो। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज यसअघिका रेकर्ड तोडेर महँगिएको छ। आज चाँदीको कारोबार प्रतितोला १ हजार ४९५ पुगेको नपाल महासंघले जनाएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ हजार ८४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले तथ्यांक सार्वजनिक गरेको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan