साता कारोबारको अन्तिम दिन सेयर बजारमा ८८ कम्पनीको मूल्य बढ्दा १२३ को घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहृयो । बजारको परिसूचक नेप्से जम्मा १.३ अंक घट्यो । नेप्से २१६३ अंकमा कायम भएको छ ।
३ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । बैंकिङ १, विकास बैंक ११, जलविद्युत् २२, उत्पादन ८२ र व्यापार १७७ अंक बढे । अन्य ७, निर्जीवन बीमा १३२, माइक्रोफाइनान्स २५, जीवन बीमा १२२, होटल तथा पर्यटन २१, फाइनान्स १५ अंक घटे ।
विशाल बजार कम्पनी र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । अपरहेवाखोला हाइड्रोपावरको ८, बोटलर्स नेपाल ९तराई०को ७.८ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र नबिल बैंक क्रमशः अगाडि रहे । बजारको पुँजीकरण ३१ खर्ब ७९ अर्ब कायम भएको छ ।
केही प्रतिक्रिया छ कि ?


