Search
Close this search box.

चीनमा ब्यामशाला भत्किँदा ११ जनाको मृत्यु

उत्तरपूर्वी चीनमा भारी वर्षाका कारण विद्यालयको व्यायामशालाको छत भत्किँदा ११ जनाको मृत्यु भएको छ।

जिम रहेको भवनको छत भत्किँदा १९ जना भित्रै फसेका छन्। उक्त दुर्घटनामा पर्नेहरु अधिकांश बालबालिका रहेको ग्लोबल टाइम्सले जनाएको छ। यो घटनापछि प्रहरीले औद्योगिक हेलोङजियाङ प्रान्तको क्विहार शहरमा रहेको उक्त भवनको इन्चार्जलाई पक्राउ गरेको छ।

भवनको छत भत्किँदा चारजना भने भाग्न सफल भएका छन्। भग्नावशेषबाट निकालिएका १५ जनामध्ये चार जना मात्रै बाँचेका छन्।

छानबिनमा संलग्न अधिकारीहरुले जिम रहेको भवनको छत वर्षाको पानीले भरिएर भिजेको र स्थानीय समयअनुसार आइतबार दिउँसो ३ बजे उक्त घटना भएको जनाएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan